ओलीको वक्तव्य पार्टी एकताको विपक्षमा रहेको खनाल–नेपाल समूहको निष्कर्ष



काठमाडौं । नेकपा एमालेको नेपाल खनाल समुहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागी गरको प्रस्ताव इमान्दारीपुर्वक नआएको निष्किर्ष निकालेको छ ।

एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी समिति सदस्यहरुको छलफलले अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्य पार्टी एकताको विपक्षमा रहेको भन्दै सो वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष समेत निकालेको छ ।

सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले यस्तो ठहर गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आइबार पार्टी एकता गर्ने भन्दै शर्तसहित ६ बुँदे प्रस्ताव गरेका थिए । त्यस लगत्तै नेपाल समुहले आकस्मिक बैठक बोलाई छलफल गरेको हो ।