कर्णाली प्रदेशसभामा मन्त्री थापाको राजीनामा माग्दै एमालेद्वारा सदन अवरुद्ध



काठमाडौं । कर्णाली प्रदेससभाको आठौं अधिवेशन सोमबार बाट शुरु भएको छ । तर अधिवेशनको पहिलो दिनमै मन्त्रीको राजिनामा माग गर्दै सदन अवरुद्ध गरिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गरेका छन्।

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको? भन्दै प्रश्न गरे।

उनले भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरेका छन्।

एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका हुन्।