ओलीको प्रस्तावको नेपाल पक्षले लिखित जवाफ दिने निर्णय



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको लिखित जवाफ दिने भएको छ ।

ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको हो । सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।