कोरोना संक्रमिति मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन



काठमाडौं । मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिरामीको उपचारकै क्रममा उनलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उनको उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि डा. सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।