आफ्नो कारण एमालेको एकता प्रयास विफल भयो भन्नु षड्यन्त्रपूर्ण : दाहाल



काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कारण नेकपाको एकता प्रयास विफल भएको भन्ने प्रधानमन्त्री केपी शर्माको आरोप षड्यन्त्रपुर्ण रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा सोमबार प्रतिक्रिया जनाउँदै उनले ओलीको भनाइको खण्डन गरेका हुन् । उनले ओलीको िसो भनाईको निन्दा गरेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ उनले ट्विट गरेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

ओलीले आइतबार पार्टी एकताका लागि सार्वजनिक आह्वान गर्दै दाहालका कारण नेकपा एकता प्रयास टुंगोमा पुग्न नसकेको बताएका थिए ।