प्रदेश २ मा सत्ता सहकार्यका लागि कांग्रेस र जसपाबीच छलफल



काठमाडौं । प्रदेश २ को सरकारले कांग्रेसलाई सहभागी गराउन जसपाले छलफल थालेको छ । प्रदेश सरकारका मन्त्रीहरुसँग नेपाली काग्रेसका सांसदहरुको छलफल गरेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव समूहले महन्थ ठाकुर पक्षका ४ जना मन्त्रीलाई आइतबार साँझ बर्खास्त गरी सरकारमा काग्रेसलाई ल्याउन छलफल थालेको हो । सरकारमा सहभागी हुने विषयमा जसपाका मन्त्रीहरुसँग पहिलो चरणको छलफल भएको नेपाली काग्रेस प्रदेश २ का सचेतक उपेन्द्र कुशवाहले बताए ।

दिउँसो प्रदेशसभा बैठक भएकोले साँझ पुनः छलफलमा बस्ने गरी प्रारम्भिक छलफलबाट बाहिरिएको कुशवाहले बताए