सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी


काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्।  एमाले ओली पक्षका सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी गराउँदै राजीनामा मागेपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेका हुन् ।

बजेट अधिवेशनको दोस्रो बैठकमा ओली पक्षका सासंद पठानसिंह बोहराले आफ्नो पार्टी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै मुख्यमन्त्री भट्टले राजीनामा दिनुपर्ने बताएका थिए ।

तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई समर्थन फिर्ता नलिएको बताउँदै आएका छन् । विश्वासको मत लिनका लागि भोलि बिहान ९ बजेका लागि समय तोकिने तयारीमा रहेको जनाइएको छ ।

यसबारे निर्णय लिन प्रदेश सभा सचिवालयले कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ ।