वेदुरामले भने : ‘ओलीको वक्तव्यमा पुरानै एमालेमा फर्किने कुरै छैन’



काठमाडौँँ । नेकपा एमालेका नेता डा. बेदुराम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वान पत्रमा एमालेको पहिलेकै अवस्थामा फर्किने आह्वान नगरिएको दावी गरेका छन् ।

ओलीको वक्तव्य जालझेलपूर्ण र कार्यकर्तालाई अल्मल्याउने खालको भएको भन्दै उनले पुरानो एमालेमा फर्किने व्यवस्था वक्तव्यमा नभएको उहाँले तर्क गरे। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भुसालले भने त्यो वक्तव्यमा पुरानै एमालेमा फर्किने कुरै छैन, माओवादी नेतासहितको एमालेमा फर्काउने भनिएको छ ।

त्यसैगरी अवदेखि कसैलाई कारबाही नगरिने उल्लेख गरेपनि विगतमा भएको कारबाही फिर्ता भएको सुनिश्चितता वक्तव्यले नगरेको उनको भनाई छ ।