प्रधानन्यायाधीश बिरामी परेपछि संसद विघटनसम्बन्धी मुद्धाको सुनुवाई रोकियो



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिरामी परेकोले आजको इजलास नतोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । अब इजलास  कहिले तोक्ने बेलुकासम्म टुंगो लाग्छ।’ उनले भने ।

आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रित थियो।