प्रदेश १ दुई र कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै



काठमाडौं । प्रदेश १ दुई र कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। असार १ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

बजेट पेस हुनु १५ दिन अगाडि संसदमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत ऐन संशोधनपछि आह्वान गरिएको बजेट अधिवेशन आज सोमबार दिउँसो २ बजे बस्दैछ।

प्रदेश २ प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ। प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै सोमबार बजेट अधिवेशन आह्वान गरेको हो।

यस्तै कर्णाली प्रदेशसभा बैठक दिउँसो दुई बजे बस्दैछ। सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्धारण गरेको छ।