जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सुरक्षा सामग्री सामाग्री सहयोग प्राप्त भएको छ। नमस्ते किड्स नेपाल नामक संस्थाले एक लाख ६० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो।

नमस्ते किड्सका अनुसार बाल बालिकाको क्षेत्रका काम गर्दै आएको यस संस्थाले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमण जोखिमलाई मध्यनजर गरी अस्पतालाई स्वास्थ्य सामग्री वितरण गरेको हो । संस्थाले आइतबार अस्पताललाई १५ थान अक्सिमिटर, पिपिई २० सेट, ५०० मिलिमिटरको ४० बोटल सेनिटाइजर, ३ हजार ५०० थान मास्क, २ हजार थान ग्लोब्स प्रदान गरेको छ।

यस्तै, बेंसीशहर नगरपालिकालाई ५०० मिलिटिरको १० बोतल सेनिटाइजर र १ हजार ५०० थान सर्जिकल मास्क उपलब्ध गराएको छ।