गिट्टी–बालुवा निकासीले चुरेमा असर नपर्ने राष्ट्रपति चुरे संरक्षण समितिको दावी



काठमाडौं । गिट्टी–बालुवा निकासीले चुरेमा असर नपर्ने राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिले प्रतिक्रिया दिएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिले चुरे क्षेत्रसँग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार एवम् व्यक्त विचारहरु प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

समितिले सरकारले चुरेबाट राष्ट्रपति चुरे संरक्षण ढुंङ्गा गिट्टी–बालुवा उत्खखन नगर्ने स्पष्ट गरिसकाले योजनाले चुरेमा असर नपर्ने बताएको छ ।

अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले पनि प्रेस विज्ञप्तिहरु प्रकाशित गरेर चुरे, भावर, सिवालिक र नदी प्रणालीका क्षेत्रमा कुनै खानी उत्खनन् नगर्ने नीतिगत दृष्टिकोण प्रस्तुत समेत गरिसकेको भन्दै समितिले समिति पनि चुरे, भावर, तराई–मधेशको संरक्षणप्रति संवेदनशील रहेको बताएको छ ।