प्रदेश २ को बजेट अधिवेशन सोमबार बस्ने



काठमाडौं । प्रदेश २ को बजेट अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । प्रदेश २ प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक भोलि बस्ने भएको हो ।

प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै सोमबार बजेट अधिवेशन आह्वान गर्न लागेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख राजेश झा अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन्।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार सोमबार बस्ने बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आव २०७८÷०७९ को लागि तयार गरिएको पूर्व बजेटको टेबुल गर्ने कार्यसूची रहेको छ।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ।