प्रदेशसभा सदस्य थापालाई सांसदको हैसियतमा काम गर्न दिन सर्बोच्चको अन्तरिम आदेश



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन सर्बोच्चले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।