२४ घण्टामा ३ हजार ४७९ संक्रमित थपिए, ६ हजार ६३६ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा ६६३६ जना निको भएका छन् । २४ घण्टामा ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ पुगेको छ ।