डेनमार्कले नेपाललाई १४ लाख डोज खोप सहयोग गर्ने



काठमाडौं । डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने भएको छ । डेनमार्कले एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको हो ।

डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिए ।