जोखिम भत्ताका लागि विवरण पेश गर्न मन्त्रालयको अनुरोध



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ताका लागी विवरण पेश गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका अग्रपंक्तिका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराउनका लागि सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालयसँग विवरण मागेको छ ।

स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र उपलब्ध गराउन सूचित गर्दै आइसोलेशन सेन्टर, प्रयोगशाला, अस्पतालहरुलाई कोरोना उपचार गर्ने सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरुको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलवी भर्पाइ पेश गर्न भनेको छ ।