नयाँ इजलासका न्यायाधीशका विषयमा पनि किचलो : २ न्यायाधीशलाई इजलासबाट बाहिरिन आग्रह



काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्धा हेर्न गरिएको न्यायाधीशमाथी फेरीपनि प्रश्न उठाइएको छ । वरिष्ठताको आधारमा संवैधानिक इजलासमा नियुक्त गरिएको २ न्यायधिसले यो मुद्धा हेर्न नमिल्ने भन्दै इजलासबाट बाहिरिन आग्रह गरिएको छ ।

महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट बाहिरिन आग्रह गरेका छन् ।

जेठ १८ गते दुवै न्यायाधीशले दिएको रायले सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको भन्दै महान्यायाधिवक्ता बडालले उक्त आग्रह गरेका हुन् ।

गत फागुन २३ गते नेकपा नाम सम्बन्धि मुद्दाको फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसको पुनरावलोकन नदिने इजलासमा सहभागी न्यायाधीश तेजबहादुर केसीले संवैधानिक इजलास छोड्नुपर्ने भनेर जेठ १८ गते न्यायाधीशद्वय कार्की र भट्टराईले राय पेस गरेका थिए ।

केसी र श्रेष्ठले इजलासबाट बाहिरिन नमानेपछि कार्की र भट्टराईले इजलास छोडेका थिए । बडालले न्यायाधीशहरूले नै न्यायालयलाई ओह्रालोतिर धकेलिरहेको पनि आरोप लगाएका छन् । एकपक्षीय रूपमा अदालत अघि बढेको उनको भनाइ थियो ।