प्रदेश २ मा जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन



काठमाडौं । जनता समाजवादी पार्टीको प्रदेश २ संसदिय दलको नेतामा लालबाबु राउत चयन भएका छन् । जनता समाजवादी पार्टीले लामो समयपछिको अन्तरालमा प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको हो ।

जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संघीय सरकारमा राजेन्द्र महतोको नेतृत्वमा सहभागी भएसँगै अर्का प्रदेश २ मा समेत जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएका हुन् ।

संसदीय दलमा चयनसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइने भएको छ ।