धारिलो हतियार प्रयोग गरी रुपन्देहीमा एक युवकको हत्या



काठमाडौं । रुपन्देहीमा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको धारिलो हतियारले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक यादवको शव घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।