गण्डकी प्रदेशसभा बैठक स्थगित



काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण आइतबारको प्रदेशसभा बैठक स्थगित भएको हो ।

प्रदेशसभा सचिब हरिराज पोखरेलले आइतबारको प्रदेशसभा बैठक स्थगित भएको बताए । उनले शनिबार भएको कार्यपरामर्श समितिमा आवश्यक सहमति जुट्न नसकेकाले आइतबारको बैठक स्थगित भएको बताए ।

शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए ।