कर्णालीमा कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज



काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आइतबार हुने भएको छ । नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ नियुक्त भएका हुन् ।

सपथ ग्रहण कार्यक्रम दिउँसो २ बजेका लागि तय भएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले बताए । सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन् । कांग्रेस संसदीय दलको निर्णयअनुसार उनीहरु मन्त्रीमण्डलमा सहभागी भएका हुन् ।