वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाइ



काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाइ प्रदान गर्ने निर्णय गरेको छ।

स्थानीय कायाकैरन र सेतोपाटी अनलाइनमा कार्यरत भरतपुर निवासी पत्रकार घिमिरेलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिनेछ।समूहले प्रत्येक वर्षको जुन ५ ९विश्व वातावरण दिवस० मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।

समूहका पूर्व अध्यक्ष लक्ष्मण उप्रेतीको संयोजकत्वमा समूहका पूर्व महासचिव राजेश घिमिरे र विज्ञ सदस्य मन्जित ढकाल सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२०’ पाउने उनी ३४ औँ पत्रकार हुन्।