डब्ल्यूएचओद्वारा नेपाललाई कालो ढुसीको औषधि सहयोग



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन बी सहयोग पठाएको छ ।

नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन बी नेपालमा पठाएको हो । डब्ल्यूएचओले पठाएको एक हजार भाइल नेपाल आइपुगेको छ । नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको थियो ।