जसपा ठाकुरपक्षको सरकारमा सहभागिताले संविधानवाद स्थापित



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी जसपाको ठाकुरपक्ष सरकारमा सहभागि भएपछि संविधानवाद स्थापित भएको बताएका छन्। सामाजिक सञ्जाल फेशबुकमा एक स्टाटस पोष्ट गर्दै एमालेको स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्। उनले अब सबैलाई चुनावमा जान आग्रह पनि गरेका छन्। जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको छ। अव सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुटौ।’ उनले लेखेका छन्।