मन्त्रिमण्डल पुनर्गठनले राजनीति घिनलाग्दो अवस्थामा: संग्रौला



काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई घिनलाग्दो अवस्थामा पुर्याएको टिप्पणी गरेकी छन् । सामाजिक संजालमा टिप्पणी गर्दै नेतृ डा. संग्रौलाले आफै असंबैधानिक रहेका र सर्बोच्च अदालतबाट संसद विघटन सम्बन्धित मुद्दाको फैसला नहुदै प्रधानमन्त्री ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनले राजनीति घिनलाग्दो अवस्थामा पुर्याएको बताएकी हुन् ।