कोरोना विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौँ : उपप्रम पौडेल



काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अब आमनागरिकलाई कोरोना (कोभिड-१९) विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताउनुभएको छन्‌।

अर्थ मन्त्रालयमा पदबहाली गरेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ लाई पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताउनुभएको हो ।

​कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पूरा गर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद् हेरफेर र विस्तार गरी जनता समाजवादी पार्टी (महन्थ-राजेन्द्र समूह) का १० जनालाई मन्त्री बनाएसंगै साविक क्याबिनेटमा अर्थमन्त्री रहेका पौडेललाई उपप्रधान मन्त्रीको समेत जिम्मेवारी दिइएको हो ।