नेपाल समूह कारबाही फिर्ता नलिएसम्म औपचारिक वार्तामा नजाने



काठमाडौँ । एमालेको आफु पक्षका नेतामाथिको कारबाही फिर्ता नलिएसम्म औपचारिक वार्तामा नजाने नेपाल– खनाल समूहले निष्कर्ष निकालेको छ । माधवकुमार नेपाल र झलनाथ खनाल समूहको आज भएको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुमाथिको कारबाही फिर्ता नलिएसम्म उनको पक्षसँग औपचारिक वार्ता नगर्ने रणनीति तय गरेको हो ।

सो समुहको भर्चुअल बैठक बिहीबार सुरु भएको थियो । बैठकका निर्णय शनिबार विज्ञप्तिमार्फत् सार्वजिनक गर्ने तयारी छ । बैठकले अहिले एमालेमा उत्पन्न सबै समस्याको जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नै रहेको निष्कर्ष पनि निकालेको छ । नेता भुसालका अनुसार यस्तो वार्ताको समय सीमा नतोकिएको तर अनन्तकालसम्म पर्खेर जान पनि नसकिने बैठकको निष्कर्ष छ ।