ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्ने बैठक लगत्तै जसपाका नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ ।

बैठकमा सात माओवादी मन्त्रीहरूको बिदाइसँगै जसपाका नयाँ मन्त्रीहरूलाई नियुक्त गरिने छ ।