जसपालाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै, ६ बजे सपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन् । दिउँसो जसपा नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

उनीहरुलाई राष्ट्रपति कार्यालयमा साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी रहेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले आफु भुमि व्यवस्था तथा सहकारी मन्त्री बन्न लागेको बताए । त्यस्तै राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन्।

उनका अनुसार महतो र कर्णसहित अनिल झा, शरत सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, बिमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ, प्रमोद साह मन्त्री बन्नेछन्। उनीहरुको मन्त्रालय भने सपथ ग्रहणमै थाहा हुने उनले बताए ।