कोरोनाको नयाँ लहरले बालबालिका बढी संक्रमित हुन सक्छ : स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आउने कोरोनाको नँया लहरले बालबालिकामा पनि संक्रमण जोखिम बढ्न सक्ने भन्दै तयारी अवस्थामा रहन सवन्धित निकायलाई अनुरोध गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोहीअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।