२४ घण्टामा ६६५३ संक्रमित थपिए, ८ हजार बढी संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । त्यस्तै सोही अवधीमा ८ हजार ६६३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ ।

मन्त्रालयले २४ घण्टामा १०१ जनाले ज्यान गुमाएको पुष्टी गरेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ । क्वारेन्टाइनमा ७५५ जना छन् ।