संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन नहुने

सर्बोच्चको रोकिएको सेवा अझै केही समय संचालन नहुने


काठमाडौं । कोरोना कारण रोकिएका सर्वोच्च अदालतको सेवा अझै सुचारु नहुने भएको छ । सर्बोच्चको पूर्ण बैठकले कोभिड–१९ को दोस्रो लहर शुरु भएपछि रोकेको अदालतको सेवा यथास्थितिमा राख्ने निर्णय गरेको हो ।

यसअघि जेठ १३ मा सर्वोच्चले आफ्ना सेवा संकुचन गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली–०७२ लाई संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउनेबारे छलफल भएपनि निर्णय हुन् सकेन ।

संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन नगरी सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) टुंगिएको छ । आज बसेको फुलकोर्टले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको रोस्टर परिमार्जन नगरी नियमावली तत्काल संशोधन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका थिए । बैठकमा प्रधानन्यायाधीश र १८ जना न्यायाधीश सहभागी थिए ।