नेपाल–खनाल समुहको केन्द्रीय समिति बैठक जारी



काठमाडौ । बिहीबारबाट शुरु भएको एमालेको खनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन आज पनि जारी छ । भावी रणनीति तय गर्न भर्चुअल रुपमा बसीरहेको बैठकमा बिहीबार बोल्न बाँकी रहेका सदस्यहरुले आज धारणा राख्ने छन् ।
बिहीबारको बैठकमा झण्डै ४० जना केन्द्रीय सदस्यले धारण राखेका थिए । बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी एकताका नाममा अध्यक्ष ओलीले अल्मल्याउने प्रयास गरेको भन्दै छिटो निष्कर्षमा पुग्नुपर्ने धारण राखेका थिए ।