कोरोना सङ्क्रमणबाट धादिङका जिल्ला न्यायाधीश पौडेलको निधन



काठमाण्डौ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

५५ वर्षका पौडेलको उपचारका क्रममा आज बिहान काठमाण्डौको स्टार अस्पतालमा निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँले २० दिनदेखि कोरोना सङ्क्रमण भएर उपचार गराइरहनुभएको थियो ।