प्रदेश नं १ को बजेट अधिवेशन आह्वान



काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गरेको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए। प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।