स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दण्डित गर्ने कानुनका लागी अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन बनाउने भएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार अस्पताल र चिकित्सकमाथि हुने आक्रमण रोक्न त्यस्तो अध्यादेश ल्याउनु परेको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो अध्यादेश ल्याउने निर्णय भएको हो ।