कर्णाली सरकारमा कांग्रेसद्वारा २ मन्त्रीको नाम सिफारिस



काठमाडौं । नेपाली कांग्र्रेसले कर्णाली सरकारमा आफ्नो तर्फबाट सहभागी हुने दुई मन्त्रीको नाम सिफारिस गरेको छ । सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम सिफारिस गरेको हो ।
पार्टीको संसदीय दलले बिहीबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम सिफारिस गरेको हो ।