प्रधानन्यायाधीश जबराले बोलाए शुक्रबार सर्वोच्चको पूर्ण बैठक



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । शुक्रबारका लागी बोलाइएको फुलकोर्टमा कोरोना महामारीका कारण अदालतको कामकारवाहीमा गरिएको प्रतिवन्ध लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो ।