विधान विपरित भएका निर्णय सच्याउन ओलीलाई नेपाल समूहका जनसंगठनको आग्रह, अलग पार्टी बनाउने चेतावनी



काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी विधान बिपरीत भएका निर्णय नसच्याए नेपाल समूह निकट जनसंगठनहरुले अलग पार्टी बनाउने चेतावनी दिएका छन् ।

बिहीबार नेपाल समुहका १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन माग गरेका छन् । यदि ओलीले निर्ण नसच्याए आफुहरुले नँया अलग पार्टी mबनाउने उनिहरुको चेतावनी छ ।

ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गर्दै फिर्ता लिन माग गरेका छन् ।