कर्णाली प्रदेसमा काँग्रेस सरकारमा सहभागी हुँदै, दुई मन्त्रालय काँग्रेसलाई



काठमाडौं । कर्णाली प्रदेश सरकारमा काँग्रेसले २ मन्त्रालय पाएपछि काँग्रेस सरकारमा सहभागी हुने भएको छ । दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसारका कांग्रेस सरकारमा जाने पक्का भएपनि सरकारमा क–कसलाई पठाउने भनेर निधो भइसकेको छैन । प्रदेश सरकारमा हाल खाली रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय कांग्रेस सांसदले पाउनेछन् ।