ब्ल्याक फंगस संक्रमणबाट कैलालीमा एकको मृत्यु



काठमाडौं । कैलालीको सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट एक जानाको ज्यान गएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहिबार बिहान ७ बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । सुचना अधिकारी श्रेष्ठका अनुसार उनको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस परिक्षण भने नेगेटिभ आएको र यसअघि ती व्यक्तिमा कोरोना भएको कुनै संकेत नदेखिएको र उनले पनि यसबारे केही नबताएको सूचना अधिकारी श्रेष्ठले बताए ।