नेपालमा भेटिएको दावी गरिएको नँया भेरियन्टबारे बेलायतसँग जानकारी माग



काठमाडौं । नेपालले नेपालमा भेटिएको भनिएकोकोरो भाइरसको नँया भेरियन्टको बारेमा वेलायतसंग जानकारी मागेको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावीसहित बेलायती पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन बिहिबार बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेको जानकारी दिए ।

प्रवक्ता पौडेलले नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएको तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले आफुहरु आश्चर्यचकित भएको प्रतिक्रिया दिए । नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको जानकारी नभएको विश्व स्वास्थ्य संगठनले पनि बताएको छ ।

बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए ।