एमाले ओली समुहको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली समुहको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार अपरान्ह चार बजेलाई बोलाइएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि बुधबारको बैठक पनि स्थगित गरी आजलाई सारिएको थियो । पार्टीकै माधव नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठक भने चलिरहेको छ । बैठकमा नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई पनि सहभागी रहेका जनाइएको छ ।

यसअघी ओली पक्षले भने नेपाल समुहले बोलाएको बैठक अनधिकृत भन्दै बैठकमा सहभागी नहुन आग्रह गरेको थियो ।