माधव नेपाल र नारायणकाजी श्रेष्ठबिच गोप्य भेटवार्ता



काठमाडौँ । नेकपा एमालेबाट निष्काशनमा परेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबिच गोप्य भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा दुई नेताबिच बिहीबार बिहान एक घण्टा भेटवार्ता भएको हो । बिहान ९ देखि १० बजेसम्म भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते मध्यरातमा संसद विघटन गरेसँगै आन्दोलित बनेको विपक्षी गठबन्धनका नेताहरुले यसपछिको रणनीतिको विषयमा पनि छलफल गरेको बताइएको छ ।