एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो: गोकर्ण विष्ट



काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले आफूले माधव कुमार नेपालको साथ नछोड्को स्पष्ट पारेका छन् ।

केही दिनदिन विष्टसहित नेपाल पक्षका ४ नेता ओली पक्षमा लाग्न थालेको समाचार आइरहेको समयमा उहाँले पार्टीलाई एक गर्ने अभियानमा आफू लागि परेको तर नेपालको साथ भने नछोडेको बताएका हुन् ।

पार्टी एकता जोगाउन भइरहेका प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नामसमेत जोडर सञ्चार माध्यमहरूमा खबर आइरहेको उल्लेख गर्दै उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरूको चाहना भएको बताए ।

विष्टसहित नेता माधवकुमार नेपाल पक्षका केही नेताले अध्यक्ष केपी शर्मा ओली पक्षका केही नेतासँग संवाद गरिरहेको र नेपाल पक्षकै नेताहरूले विष्ट ओलीतर्फ नै लाग्न सक्ने संकेत गरेका खबर आएका थिए।