घाँटीमा लिचीको दाना अड्किएर ६ महिने शिशुको ज्यान गयो



घाँटीमा लिचीको दाना अड्किएर कञ्चनपुरमा एक शिशुको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–५ का ६ महिने वीरेन्द्र चन्दको आफ्नै घर आँगनमा खल्ने क्रममा लिचीको दाना मुखमा हालेपछि घाँटीमा अड्केर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले लिचीको दानासँग खेल्दै गरेको बच्चाले निल्न खोजेपछि मृत्यु भएको बताए। अभिभावकले महाकाली अस्पतालमा ल्याएकोमा उपचारका क्रममा शिशुको मृत्यु भएको थियो।