प्रदेश १ को प्रदेशसभा बैठक आगामी २४ गते बस्ने



काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक आगामी जेठ २४ गते बस्ने भएको छ।

आज बसेको प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले आगामी जेठ २४ गते दिउँसो २ बजे बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जानकारी दिए।

आगामी असार १ गते प्रदेशको बजेट ल्याउनु पर्ने संविधानको बाध्यात्मक अवस्था अनुसार प्रदेश सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरिएको मन्त्री कार्कीले बताए।

सरकारले बजेट अधिवेशन आह्वान नगरेको भन्दै विपक्षी दलले विरोध गर्दै आएका थिए।