सातौँ बरियताकी सेरेना फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा



एजेन्सी । सातौँ बरियताकी सेरेना विलियम्ब फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन्।

रोमानियाकी मिहाएला बुजार्नेस्कुमाथि संघर्षपूर्ण जित निकाल्दै सेरेनाले अघिल्लो चरणमा स्थान बनाएकी हुन् ।

३९ वर्षकी सेरेनाले मिहाएलालाई ६–३, ५–७ र ६–१ सेटमा पराजित गरेकी हुन् ।