माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा चन्द्रागिरिमा दुईजनाको मृत्यु



काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका­-१३ स्थित कङ्काली स्कुल नजिक ढिस्को खसेर पुरिँदा बुधबार दुईको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका-८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार यहाँस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो। घाइते भएका अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ।